Sunday, September 4, 2016

‘जी ट्वान्टी’ मा ‘आइसक्रिम’ ले रसिया र चीनको सम्बन्ध न्यानो बनायो

हाङझाउ, १९ भदौ । मस्को र बेइजिङबीच सम्बन्ध न्यानो भए पनि बीस प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ को शिखर बैठकमा सहभागी हुन आउनुभएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार चिनियाँ समकक्षी सी जिनपिनलाई ‘आइस क्रिमको’ एउटा भाँडो उपहार दिनुभएको छ ।

चीनको पूर्वी नगर हाङझाउस्थित सरकारी अतिथिगृहमा चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीलाई स्वागत गर्दा ‘आइसक्रिम’ स्वादको विषयमा भने कुराकानी भएन ।

‘‘तपाईंका लागि मैले यो ल्याउने बचन दिएको थिएँ । मैले तपाईंका लागि आइसक्रिमको एक बाकस नै ल्याइदिएको छु’’, रसियाली राष्ट्रपति पुटिनले भन्नुभयो ।

चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीको दयालुपनाका लागि अध्यवाद दिनुभयो र आफ्नो मस्को भ्रमणहरुमा आफूले रसियाली आइसक्रिमको स्वाद पाएको बताउनुभयो ।

रसियाली प्रतिनिधि मण्डलले दिएको टिप्पणी अनुसार चिनियाँ राष्ट्रपतिले आफू रसिया जाँदा हरेकपटक रसियाली आइसक्रिम खरिद गर्न भनेको र त्यसलाई चीन फर्केपछि उपभोग गर्ने गरेको बताउनुभयो ।

‘जी ट्वान्टी’ शिखर सम्मेलनका समयमा दुई नेताबीच परम्परागत रुपमा दुई मुलुकबीच सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ । रासस/एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts