काठमाडौँ, २१ भदौ । प्रतिभाशाली नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्न पाउनुहुने भएको छ ।
सोह्र वर्षीय लेग स्पिनर लामिछानेलाई अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले त्यहाँको वेस्टर्न सुबर्भस डिस्ट्रिक क्रिकेट क्लबबाट खेल्ने अवसर जुराइदिनु भएको हो ।
लामिछानेले क्लार्कको द माइकल क्लार्क क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्न पाउनुहुनेछ र उहाँले २०१६–१७ का लागि क्लार्कको प्रिमियर ग्रेड क्रिकेट क्लब वेस्टर्न सुबर्भसको तर्फबाट खेल्नुहुनेछ ।
गत मे महिनामा हङकङमा भएको एक प्रतियोगितामा एकै टोलीबाट खेलेका लामिछानेको प्रदर्शनबाट प्रभावित भएका क्लार्कले राष्ट्रिय टोलीमा व्यस्त नभएको समय पारेर अष्ट्रेलिया आउन उहाँलाई निमन्त्रणा दिएको बताइएको छ ।
क्लबले आज जारी गरेको बिज्ञप्तिमा क्लार्कलाई उदृत गर्दै भनिएको छ, “सन्दीप क्रिकेटका प्रतिभावान खेलाडी हुनुहुन्छ, उहाँले पाएको यो अवसरले उहाँको खेलस्तर अझै सुधार हुने आशा हामीले गरेका छौं ।” रासस
No related posts.
No comments:
Post a Comment