Thursday, September 15, 2016

तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध

पर्वत, ३० भदौ । धौलागिरि अञ्चलका धेरै ठाउँमा तीन दिनदेखि विद्युत् सेवा ठप्प भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ ।

मङ्गलबार रातिदेखि बागलुङको पैयुँपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले विद्युत् सेवा ठप्प हुँदा उद्योग, कलकारखानालगायत दैनिक कामकाज प्रभावित भएका छन् ।

केन्द्रीय लाइनमार्फत वितरण गरिने मुख्य लाइन रहेको आठवटा पोल भाँचिएपछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।

विद्युत् ठप्प भएको ठाउँमा सयपत्री हाइड्रो पावरको विद्युत् वितरण गर्न खोजिए पनि लोड धेरै भएकाले सफल हुन नसकेको हो । पर्वतको पाङ र बागलुङको गल्कोटबाहेक अरु ठाउँबाट वितरण हुने विद्युत् ठप्प भएको बागलुङ वितरण केन्द्रका सूचना अधिकारी सर्वजित केसीले जानकारी दिनुभयो ।

विद्युत् आपूर्ति सञ्चालनका लागि बुधबार सहस्रधारामा छवटा पोल गाडिएको छ भने बिहीबार कालाखोलामा दुईवटा पोल गाडिनेछ । मर्मत कार्य सकिएमा शुक्रबार साँझसम्म विद्युत् आपूर्ति हुने वितरण केन्द्रले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts