Thursday, September 15, 2016

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री निधिलाई

काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोक्नु भएको छ ।

नेपालको संविधान बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्री निधिलाई सोे कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts