Tuesday, September 13, 2016

संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने: अध्यक्ष उपेन्द्र यादव

विराटनगर, २८ भदौ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले अझैसम्म संविधान संशोधनमा चासो नदेखाएको र तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरिरहेको गुनासो गर्नुभयो ।

संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गरेर मात्र नपुग्ने बताउँदै उहाँले भन्नुभयो– “मधेसको मुद्दा सम्बोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउन प्रमुख राजनीतिक दल मिल्नुपर्छ ।”

सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले सरकारलाई सङ्कटमा नपार्न आफूहरुले संविधान संशोधनका लागि समयसिमा नतोके पनि यस विषयमा सरकार गम्भीर नभएमा पुनःविचार गर्नुपर्ने अवस्था आउने उल्लेख गर्र्नुुभयो ।

उहाँले भारत भ्रमणलाई संविधान संशोधनसँग नजोड्न आग्रह गर्दै संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts