Tuesday, September 13, 2016

तोकिएकै समयमा स्थानीय निर्वाचन हुनुपर्नेमा खनालको जोड

इलाम, २८ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ ।

इलामको सूर्याेदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राख्नु भयो ।

कार्यक्रममा उहाँले संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने बताउनुभएको छ । “संविधान कार्यान्वयन चरणमा छ, कार्यान्वयन चरणमा रहेको संविधान संशोधन हुँदैन” – उहाँले भन्नुभयो ।

इलामको विकासका साथै समग्र देश विकासका लागि आर्थिक क्रान्ति सुरु भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उहाँको भनाइ छ ।

गत आव २०७२÷७३ मा सांसद विकास कोष र निर्वाचन क्षेत्रबाट सञ्चालन गरिएका विभिन्न विकास निर्माणका पूर्वाधारको नेता खनालले अनुगमनसमेत गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts