Wednesday, September 14, 2016

निजी क्षेत्रको सहकार्यमा उद्योग क्षेत्रको विकास : मन्त्री जोशी

काठमाडौँ, २९ भदौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रसँग सहकार्य गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिले आज यहाँ आयोजना गरेको ‘उपलब्धि समीक्षा तथा कार्यक्रम कार्यान्वयन रणनीति तर्जुमा बिषयक गोष्ठीमा’ उहाँले गाउँ गाउँमा पुगेर साना उद्योगीलाई उत्साहित गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभयो ।

मन्त्री जोशीले उद्योग मन्त्रालयलाई उद्योगमुखी बनाउनु प्रमुख चुनौती रहेको उल्लेखगर्दै कुनै पनि उद्यमीलाई समस्या परेमा समस्याको समाधानका लागि मन्त्रालय तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रालयभित्रका काममा मन्त्रीदेखि कर्मचारीको एउटै जिम्मेवारी हो, त्यसैले सबै मिलेर गम्भीर भएर काम गरौँ र उद्योग क्षेत्रको विकासमा लागौं ।”

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री जोशीले जनताको सेवाका लागि आफू राजनीतिमा लागेकाले जनतालाई दुःख दिने काम नगर्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले साना उद्योगको संरक्षण गरी विदेशी लागनीलाई आकर्षण गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउनुभयो ।

उहाँले समिति गरिब जनताको जीवनस्तर उकास्ने माध्यम भएकाले यसलाई सबै जिल्लाका ग्रामीण बस्तीमा पु¥याउनुपर्ने बताउँदै समितिले घरेलु उद्योगका माध्यमबाट स्थानीयस्तरमा उत्पादन भएका वस्तुको प्रयोग गरी आयआर्जमा लागेको स्पष्ट पार्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले कृषिमा औद्योगिकीकरण गरेमात्र उद्योग क्षेत्रको विकास हुने बताउँदै सरकारले उद्योग नीति कार्यक्रम बनाउँदा निजी क्षेत्रको राय सुझाव लिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले समितिले दुर्गम हिमाली र पहाडी ४८ जिल्लामा काम गरिरहेको जानकारीदिदैं समितिले साना उद्योगको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts