Wednesday, September 14, 2016

दुई सय विद्यार्थीलाई साइकल वितरण

काठमाडौँ, २९ भदौ । पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयका दुईसय विद्यार्थीलाई साइकल वितरण गरिएको छ ।

जिल्ला विकास समितिको सहयोगमा उपलब्ध गराएको ती साइकल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आज यहाँ आयोजित कार्यक्रममा वितरण गर्दै सोचेजस्तो अझै शिक्षा क्षेत्रमा प्रगति नभएकाले सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– “सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लाई शैक्षिक वातावरण सुधार गर्ने सकेमा नतिजा सन्तोषजनक हुन्छ ।”

संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै नेता सिंहले संविधानले परिकल्पना गरेअनुसारको कानुन निर्माण गरेमात्र मुलुक विकासको बाटोमा अगाडि बढ्ने उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts