Wednesday, September 7, 2016

भुटानमा महेश्वरलाई स्वर्ण

काठमाडौँ, २२ भदौ । नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन् ।

भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन् ।

उक्त स्पर्धामा भारत दोस्रो, अफगानिस्तान तेस्रो, मलेसिया चौथो र थाइल्यान्डका खेलाडी पाँचौँ भएका थिए । उक्त प्रतियोगितामा विभिन्न स्पर्धामा २८ राष्ट्रका खेलाडीले भाग लिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts