Sunday, September 25, 2016

फर्जी बिल बनाएर रु ४० लाख ठगी आरोपमा पक्राउ

झापा, १० असोज । फर्जी बिल बनाएर रु ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

श्रेष्ठलाई प्रहरीले शनिबार अपराह्न पक्राउ गरे पनि आइतबार जिल्ला अदालत झापामा म्याद थप गरेपछि मात्र घटनाका बारेमा जानकारी गराएको छ ।

तीन आवमा नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोडले विद्युत् प्राधिकरणमा बुझाउनु पर्ने महसुलबापतको रकममध्ये श्रेष्ठले प्राधिकरणलाई बुझाउनु पर्ने रकमभन्दा रु ३९ लाख ९१ हजार ५३४ बढीको फर्जी बिल बनाएर ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । निगमका प्रशासन प्रमुख लोकनाथ दङ्गालले श्रेष्ठले विद्युत् महसुलबापतको रकम ठगी गरेको भन्दै प्रहरी समक्ष उजुरी गरेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts