Tuesday, September 20, 2016

प्रधानमन्त्रीको कार्यक्रममा आरोपित चौधरी सहभागी भएको विषयमा सचिवायलको स्पष्टोक्ति

काठमाडौँ, ४ असोज । भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए ।
प्रधानमन्त्रीका पे्रस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त हुँदैन ।
आचार्यका अनुसार प्रधानमन्त्री दाहालले हात मिलाउनु भएपनि चौधरीसँग कुनै कुरा गर्नुभएको थिएन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts