Tuesday, September 20, 2016

नगरकोट काठमाडौँ बस सेवा

नगरकोट, ४ असोज । नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ ।

उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौँ रत्नपार्कसम्म बस सञ्चालन गरिने बताउनुभयो ।

उत्तरपूर्वी बस व्यवसायी सङ्घले हाल भक्तपुर कमलविनायकबाट खरिपाटी, तेलकोटहँुदै नगरकोटसम्म र कमलविनायकबाट जितपुर, सरस्वती स्थानहँुदै कलमसीसम्म बससेवा सञ्चालन गर्दै आएको छ । सो सेवाबाट भक्तपुरको उत्तरपूर्वी क्षेत्रका तथा काभ्रेका बासिन्दा लाभान्वित भएका छन् ।

यसैबीच उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाले सङ्घको अध्यक्षमा पुनः जीवन खत्रीलाई चयन गरेको छ । उपाध्यक्षमा राजेन्द्र तिमिल्सिना, महासचिवमा पुरुषोत्तम राजभण्डारी, कोषाध्यक्षमा सागर तिमिल्सिना तथा सदस्यहरुमा सुनिता तामाङ, सन्तबहादुर वाइवा र कुमाले बानियाँ चयन भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts