Tuesday, September 27, 2016

काँक्राको मूल्य वृद्धि, मासुको घट्दै

बझाङ, ११ असोज । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।

काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक रु १५ हजार आम्दानी गर्नुभएको छ । “घरमा कमाइ गर्ने कोही छैन छोराछोरी साना छन्, श्रीमान् पनि छैनन् । दसैँको समयमा काँक्रा बेचेको पैसाले लुगाफाटो किन्ने सोच छ,” उहाँले भन्नुभयो ।

काँक्रा बिक्री गरेर जय पृथ्वी नगरपालिका–७ को लाहुरे ओलीले रु २५ आम्दानी गर्नुभएको छ । उहाँले रु ६० देखि रु ८० मा प्रतिकिलो काँक्रा बिक्री गरिरहनुभएको छ । सोह्रश्राद्धको समय भएकाले अहिले बजारमा काँक्राको माग अत्यधिक छ । हिन्दू संस्कारअनुसार सोह्रश्राद्ध सुरु भएपछि पितृको पूजा गर्न काँक्रा राख्ने र काँक्राको तरकारी (राइतो) बनाई खाने चलन छ ।

सदरमुकाम चैनपुरमा दैनिक १० देखि १५ वटा खसी काट्दै आएको वीरबहादुर जाग्री अहिले दैनिक एउटा मात्र खसी काट्ने गरेको बताउनुहुन्छ । अहिले बजारमा खसीको मासुको मूल्य रु ५० ले घटेको छ । खसीको मासु रु ४०० मा बिक्री भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts