काठमाडौ, ३१ भदौ । भारतको चार भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा भारतीय समयअनुसार बिहान ११ः३० देखि १२ः०० बजेसम्म आधा घन्टा छुट्टै वार्ता हुनेछ । सो वार्तापछि हैदराबाद हाउसमा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ताको कार्यक्रम तय भएको छ । भारतीय विदेश मन्त्रालयको कार्यतालिका अनुसार १ देखि १ः१० बजेसम्म दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने छ ।
त्यसपछि प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले त्यसलाई सम्बोधन गर्नुहुनेछ । प्रचण्ड र मोदीबीच बिहान राष्ट्रपति भवनमा, एक्लाएक्लै, औपचारिक प्रतिनिधिमण्डलस्तरमा र पत्रकार सम्मेलनमा गरी चारपटक भेटवार्ता हुनेछ । यसअघि प्रधानमन्त्री प्रचण्डले विहान ९ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा गएर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले आज साँझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । त्यसअघि प्रचण्डले उपराष्ट्रपति हमिद अन्सारीसँग उपराष्ट्रपति निवासमा शिष्टाचार भेट गर्ने तय भएको छ । यस्तै विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली लगायतका मन्त्रीहरुसँग पनि प्रधानमन्त्री प्रचण्डले आजै भेट गर्नुहुनेछ ।
Thursday, September 15, 2016
प्रचण्ड दिनभर भेटघाटमै व्यस्त, मोदी र मुखर्जीसँग पनि आजै भेट्ने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment