Thursday, September 15, 2016

राष्ट्रिय सहमति बन्दै छ : प्रचण्ड

नयाँ दिल्ली । प्रवासी नेपालीसँगका भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली जात, भाषा, क्षेत्र, समुदायलाई एकताबद्ध गर्न नयाँ सरकार गठन भएको बताउनुभएको छ ।
सबैलाई एकताबद्ध गर्न सकिएन भने गम्भीर राजनीतिक समस्या आउने अवस्था देखिएकाले छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सरकार गठन भएको उहाँले बताउनुभयो ।
सरकारको जोड संविधान कार्यान्वयनमा रहेको बताउँदै प्रचण्डले, संविधानका दुई विषयमा संशोधन भइसकेको समेत बताउनुभयो । उहाँले देशमा सहमतिको वाताबरण बन्दै गएको समेत बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts