Thursday, October 6, 2016

दुर्घटनामा मृत्यु

मलेखु (धादिङ), २० असोज । तसर्पु गाविसमा आज बेलुका ८ बजेतिर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

तसर्पु गाविसका पूर्वअध्यक्ष गणेश वाइबाका अनुसार महादेवबेँसीबाट रातमाटे हुँदै तसर्पु गाविसको कामराङ भन्ने स्थानमा पुगेपछि यात्रुवाहक बलेरो गाडी दुर्घटना भएको हो । दुर्घटनामा स्थानीयवासी निशा थापाको मृत्यु भएको छ । सात गम्भीर घाइतेको उद्धार भइरहेको र एम्बुलेन्स पुग्ने ठाउँसम्म घाइते बोकेर लगिँदै गरेको वाइबाले बताउनुभयो ।

सिट क्षमताभन्दा धेरै यात्रु बोकेर हिँडेको सो गाडी ग्रामीण सडक बिग्रेको ठाउँबाट पल्टिएर दुर्घटना भएको थियो । सडकबाट करिब ५० मिटर तल खनायोको रुखमा गाडी अड्किएको र घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts