Thursday, October 6, 2016

पूर्वअतिरिक्त न्यायाधीशको मागप्रति सकारात्मक

काठमाडौँ, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशको मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज पुनरावेदन अदालतका पूर्वअतिरिक्त न्यायाधीशसँगको भेटमा उहाँले आफू उहाँहरुको मागप्रति सकारात्मक रहेको र संवैधानिक प्रावधानअनुसार आफूले सहयोग गर्ने बताउनुभएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

पुनरावेदन अदालतका पूर्वअतिरिक्त न्यायाधीशले सातै प्रदेशमा उच्च अदालत र १० स्थानमा बेन्च गठनको निर्णय भइसकेका अवस्थामा आफूहरुलाई संवैधानिक व्यवस्थानुसार नै पुनःनियुक्तिको व्यवस्था गरिदिन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए । नवगठित उच्च अदालत र बेन्चका लागि थप न्यायाधीश आवश्यक पर्ने भएकाले आफूहरुलाई प्राथमिकतामा राख्न माग गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts