Wednesday, October 19, 2016

सिकलसेल परीक्षण गराउने बिरामीको सङ्ख्यामा वृद्धि

कैलाली, ३ कात्तिक । पश्चिम–तराईका थारु समुदायमा मात्र देखा परेको सिकलसेल जाच्ने उपकरण आएको केही दिनमै सिकलसेल परीक्षण गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

सुदूरपश्चिममै पहिलो पटक कैलालीको सेती अञ्चल अस्पताल धनगढीमा ‘सिकलसेल एनिमिया’ परीक्षण गर्ने उपकरण जडान भएपछि सिकलसेलको शङ्कामा रगत परीक्षण गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

सेती अञ्चल अस्पतालका सिकलसेल ‘फोकल पर्सन’ यशोदा ढकालले उपकरण जडान भएयता ३० जनाको रगत परीक्षण गरिएकोमा १६ जनामा सो रोग देखिएको जानकारी दिनुभयो ।
सिकलसेल परीक्षण गर्ने उपकरण नहँुदा यसअघि अस्पतालले नमुना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ पठाउने गरेको थियो ।

सिकलसेलबाट थारु समुदायका धेरैले ज्यान गुमाइसकेका छन्, भने धेरै व्यक्ति यो रोगबाट ग्रसित रहेको बताइन्छ । विगतमा बिरामीको नमुना सङ्कलन गरेर काठमाडाँै पठाउने गरिएकामा अहिले यही सुविधा भएपछि परीक्षणका लागि आउने सङ्ख्या बढेको ढकालले बताउनु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts