Wednesday, October 19, 2016

सवारी दुर्घटना न्यूनीकरण गर्न समय तालिका

खोटाङ, ३ कात्तिक । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले खोटाङमा सञ्चालित यातायातका सवारी साधनमा समय तालिका निर्धारण गरिएको छ ।

यात्रुबाहक सवारी साधनका लागि सम्बन्धित ठाउँबाट छुटेको समय र गन्तव्यमा पुग्ने समयसहितको तालिका निर्धारण गरिएको हो ।

पछिल्लो समय जिल्लामा सवारी साधनको चाप अत्यधिक बढेकाले सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न समय तालिका निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

“सबैभन्दा बढी हतारमा सवारी चलाउँदा दुर्घटना भएको देखिन्छ ।” उहाँले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न सबै सवारी साधनका लागि समय तालिका लागू गरिएको छ ।”

सवारी साधनका लागि निर्धारण गरिएको समय तालिका जिल्लाका सबै प्रहरी जाँच गर्ने ठाउँ ९चेकपोस्ट०मा पठाइएको प्रहरीले जनाएको छ ।

निर्धारित समयभन्दा अगाडि पुग्ने सवारी साधनलाई सम्बन्धित चेकपोस्टमा खटिएका प्रहरीले रोकेर कारबाही गर्ने ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले बताउनुभयो ।

प्रहरीका अनुसार दिक्तेलदेखि नुनथला पुग्न एक घन्टा ४५ मिनेट, नुनथलादेखि अर्खौले एक घन्टा, अर्खौलेदेखि हलेसी एक घन्टा १५ मिनेट, हलेसीदेखि च्यास्मिटार एक घन्टा ४५ मिनेट र च्यास्मिटारदेखि जयरामघाट पुग्न एक घन्टाको समय निर्धारण गरिएको छ ।

प्रहरीले समय निर्धारण गरेपछि आफूलाई सहज भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts