Saturday, October 1, 2016

सहकारीले जनताको हितमा काम गर्नुपर्ने: मन्त्री बुढाथोकी

भद्रपुर, १६ असोज । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।

मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड मेचीनगर–१२ झापाको १७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री बुढाथोकीले सहकारीले नाफा आर्जनमा ध्यान दिनुभन्दा सहकारीमा आबद्ध सेयर सदस्यहरुको जीवनस्तर उकास्नेतर्फ केन्द्रित रहनुपर्ने भन्दै वैदेशिक रोजगारमा जाने युवालाई सहकारीमै आकर्षित गराउन सके वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमै स्थापित हुने धारणा राख्नु भयो ।

उहाँले सहकारीले आफ्ना सेयर सदस्यको विश्वास जितेर कार्यक्रमलाई विस्तार गर्नुपर्ने भन्दै संसद्मा रहेको सहकारी विधेयकलाई अझ बढी परिमार्जित गर्न लिखित सुझाव दिन आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts