रीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक गरिदिएको बताइएको छ ।
एटीएम नेटवर्कमा भाइरसको प्रभावका कारण समस्या आएको अधिकारीले बताएका छन् ।
यसैबीच भारतीय अर्थमन्त्री अरुण जेटलीले डेबिट कार्डमा कसरी यस्तो समस्या आयो भन्ने विषयमा छानबिन सुरु गरिएको बताउनुभएको छ ।
भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनसीपीआई)ले ग्राहकबाट कार्डमा समस्या आएको बताएपछि बैंकबाट गरिने खुद्रा भुक्तानी प्रणालीलाई नियन्त्रण गरेको छ ।
संस्थाका अनुसार ग्राहकले आफ्ना कार्डलाई चीन र अमेरिकामा अवैध रुपमा प्रयोग गरेको गुनासो ल्याएपछि एनसीपीआईले सम्पूर्ण बैंकलाई उक्त सूचना प्रवाह गरेको छ ।
एनसीपीआईका व्यवस्थापन निर्देशक तथा कार्यकारी प्रमुख अभयप्रसाद होटाले शुक्रबार ग्राहकलाई बैंकका अधिकारीले आवश्यक पूर्वसावधानी अपनाई सकेको जानकारी दिँदै समस्याको छिट्टै समाधान हुनेमा विश्वस्त तुल्याउनुभएको छ ।
भारतको सबैभन्दा ठूलो वित्तीय संस्था स्टेट बैंक अफ इन्डियाले भने देशभरबाट वितरण भएका करिब दुई करोड कार्डमध्ये छ लाख २० हजार कार्ड असुरक्षित भएको हुनसक्ने बताएको छ ।
भारतका अर्थ मामिला सचिव शक्तिकान्त दासले कसरी डेबिट कार्ड असुरक्षित बन्न पुगेको भन्ने विषयमा छानबिन सुरु गरिसकिएको बताउनुभयो । रासस÷एपी
No comments:
Post a Comment