Friday, October 21, 2016

भारतमा पटाका विस्फोटका कारण एक जनाको मृत्यु, केही घाइते

नयाँ दिल्ली (भारत), ५ कात्तिक । दक्षिण भारतको तामिल नाडू राज्यमा एक निजी ट्युसन केन्द्रमा शुक्रबार पटाका विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने तीन जना विद्यार्थी घाइते भएका छन् ।

कोइम्वातुर सहरमा अवस्थित उक्त शैक्षिक केन्द्रमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई कक्षा लिइरहेका बेला भएको उक्त घटनामा एक जना विद्यार्थीको मृत्यु भएको तीन जना घाइते भएका र करिब २०० जना विस्फोटबाट पहिल्यै भागेर ज्यान जोगाउन सफल भएका यहाँका उच्च प्रहरीले जानकारी दिए ।

उनले घटनाको विवरण सार्वजनिक गर्न आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्न घटनास्थल पुगेका सञ्चारकर्मीसँग अनुरोध गरे ।

यसैबीच घटनाको छानबिन गर्न एक छानबिन समिति गठन गरी घटनाबारे तथ्य बाहिर ल्याउन राज्य सरकारले प्रशासनलाई निर्देशन दिएको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts