भक्तपुर, १६ असोज । गत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिले आज काठमाडाँै महानगरपालिका वडा नं ३५ को काँडाघारीको झालमा फालेको अवस्थामा ब्रिफकेस फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
ब्रिफकेसमा तमलोपाको चिट्ठी र २ वटा कलम मात्र रहेको पाइएको उहाँले जानकारी दिनुभयो । यसअघि, प्रहरीले लूटमा संलग्न सर्लाही घर भई काठमाडौँ बस्ने २३ वर्षिय रञ्जित गुप्ता र महोत्तरी घर भई काठमाडौँ बस्ने परमानन्द भन्ने प्रचण्डप्रताप सिंहलाई पक्राउ गरिसकेको छ ।
घटनाका दिन राति ठाकुर निवासमा प्रवेश गरी उनीहरुले ठाकुरकी छोरी डा. मिनाक्षीलाई आक्रमण गरी घाइतेसमेत बनाएका थिए । रासस
Sunday, October 2, 2016
ठाकुर निवासबाट चोरी भएको ब्रिफकेस भेटियो
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment