Sunday, October 2, 2016

ब्रुनाई विदेशी कामदारका लागि उपयुक्त गन्तव्य

बुनाई । ब्रुनाई विदेशी कामदारका लागि रोजगारीको उपयुक्त गन्तव्य भएको छ ।

ब्रुनाईमा अहिले १ लाख विदेशी कामदार कार्यरत रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

ब्रुनाईको श्रम विभागका कार्यवाहक आयुक्त हि शरिफुल बहारीले अधिकांश कामदार निर्माण कम्पनीमा कार्यरत रहेको जानकारी दिनुभएको छ ।

निर्माण कम्पनीहरु विदेशी कामदारका लागि लोकप्रिय रहेको सो विभागले जानकारी दिएको छ ।

सरकारी तथ्याङ्कअनुसुार सन् २०१४ मा चार लाख ११ हजार ९ सय जनसङ्ख्या रहेको ब्रुनाईमा धेरै जसो कामदार छिमेकी मुलुक र एसियाली मुलुकबाट गएका छन् ।

जसमा इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका धेरै रहेका छन् । यस्तै भारत र बङ्गलादेशबाट पनि धेरै कामदार बु्रनाई पुगेका छन् । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts