Sunday, October 2, 2016

एलेप्पोको औद्योगीक क्षेत्र सिरियाली सेनाको नियन्त्रणमा

दमासकस, १६ असोज । सिरियाको एलेप्पो सहरको उत्तरी क्षेत्रमा पर्ने औद्योगीक क्षेत्र सरकारी सेनाले आइतबार पुनः नियन्त्रणमा लिएको छ ।

विद्रोहीले पटक पटक आक्रमणको निशाना बनाएको शाकिफ औद्योगीक क्षेत्र झन्डै चार वर्ष अगाडिदेखि विद्रोहीको नियन्त्रणमा रहेको थियो ।

टर्कीको सीमाक्षेत्रमा रहेको सिरियाको ठूलो आर्थिक केन्द्र भएकाले एलेप्पोलाई सरकारी पक्ष र विद्रोही पक्ष दुवैले रणनीतिक महत्वको क्षेत्रका रुपमा लिएका छन् । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts