Saturday, October 22, 2016

सूचना प्रविधिमा बङ्गलादेशबाट सिक्नुपर्ने

काठमाडौँ, ६ कात्तिक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बङ्गलादेश सूचना तथा सञ्चार प्रविधि(आइसिटी)मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताउनुभएको छ ।
बङ्गलादेशमा आयोजित आइसिटी सम्मेलनमा भाग लिएर आज स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामी आइसिटी र विकासको प्रक्रियालाई छुट्टाछुट्टै ढङ्गले बुझ्छौँ, सम्पूर्ण कुरालाई आइसिटीसँग जोड्ने कुरामा नै हामी कमजोर छौँ, यो युवाका लागि चुनौती हो ।”

यही कात्तिक ३ देखि ५ गतेसम्म चलेको सम्मेलनमा माल्दिभ्स, भुटान लगायत एसियाली मुलुक र अन्य मुलुकका प्रतिनिधिको सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts