काठमाडौँ, ६ कात्तिक । राजधानीमा जारी अन्तर्राष्ट्रिय आर्य सम्मेलनका विशिष्ट पदाधिकारीहरुको सम्मानमा अग्रवाल सेवा केन्द्रले शुक्रबार साँझ स्वागत एवम् सम्मान कार्यक्रम आयोजना ग¥यो ।
भारतीय जनता पार्टीका सांसद सुमेधानन्द नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै केन्द्रका अध्यक्ष महेशकुमार अग्रवालले ऋषिमहर्षिको तपोभूमि नेपालमा पहिलोपटक आयोजना भएको अन्तर्राष्ट्रिय आर्य सम्मेलनबाट विश्वभर सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।
उहाँले सम्मेलनका माध्यमबाट नेपालको धार्मिक एवम् सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिमण्डलमा भारत, मौरिसस, गुएना, सुरिनाम र द नेदरल्यान्डस्का आर्य सङ्घका पदाधिकारीको सहभागिता थियो । रासस
No comments:
Post a Comment