Wednesday, October 5, 2016

राष्ट्रसङ्घको सर्वोच्च पदका उम्मेदवारको परीक्षा

संयुक्त राष्ट्र सङ्घ, १९ असोज । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव पदका लागि भएको दौडले निर्णायक मोड लिएको छ ।

महाशक्ति राष्ट्रहरुले पहिलो पटक समर्थन गरेका उम्मेदवार बुल्गेरियाकी क्रिस्टालिना जर्जिएभाको अग्नि परीक्षा लिन राष्ट्रसङ्घीय महासभाले सोमबार जनसमक्ष प्रस्तुत गरेको थियो ।

महासचिब पदका अन्य उम्मेदवारहरुमा अर्थशास्त्री तथा कुटनीतिज्ञ जर्जिएभासँगसँगै बुल्गेरियाकै इरिना बोकोभासहित अन्य सात जना पनि छन् ।

राष्ट्रसङ्घको सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुकाबीच गरिएको अनौपचारिक सर्वेक्षणमा इरिनाले उत्कृष्ट छवि बनाउन भने सकिनन् ।

पोर्चुगलका पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घीय शरणार्थी आयोगका पूर्वप्रमुख समेत रहनु भएका एन्टोनिओ गुटेरेस पनि यस प्रतिस्पर्धामा अग्रपङ्क्तिमा नै हुनुहुन्छ ।

हाल १९३ सदस्य देश रहेका संयुक्त राष्ट्र सङ्घमा फरकफरक देशका अलगअलग प्रतिनिधिले अनौपचारिक अन्तर्वार्ताबाट सो पदका लागि उम्मेदवार सिफारिस गर्ने नयाँ प्रक्रिया यस पटक सुरु भएको हो ।

यसबाट महासचिव पदका लागि व्यक्ति छनोटमा पारदर्शिता आउने विश्वास गरिएको छ ।

सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुसँग जर्जिएभाको गोप्य तथा अनौपचारिक सर्वेक्षण बुधबार सम्पन्न गर्ने तालिका बनाइएको छ ।

राष्ट्रसङ्घको बडापत्रमा सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रहरुले मात्र महासचिवको उम्मेदबार छनोट गरी साधारण सभामा सिफारिस गर्ने व्यवस्था छ । महासचिवको पदावधि पाँच बर्षको हुनेछ भने सो पदमा दुई कार्यकाल भन्दा बढी बस्न पाईंदैन ।

वर्तमान महासचिव बान की मुनको पदावधि आउदो डिसम्बर ३१ मा सकिँदैछ । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts