Wednesday, October 5, 2016

सडक दुर्घटनामा चारको मृत्यु

चीन, १९ असोज । उत्तरपूर्वी चीनको जिलिन प्रान्तमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार विहान ३ बजे पर्यटक बस र ट्रक एक आपसमा ठोक्ँिकएर सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

पर्यटक बसमा ५२ जना यात्रु थिए । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts