Monday, October 3, 2016

प्रबुद्ध समूह (इपिजी)को बैठकमा सहभागी हुन नेपाली टोली आज नयाँदिल्ली प्रस्थान

काठमाडौँ, १७ असोज । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को बैठकमा सहभागी हुन नेपाली टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ ।

नेपाली टोलीका संयोजक भेषबहादुर थापाको नेतृत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र सूर्यनाथ उपाध्याय आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ ।

बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने नेपाली टोलीका सदस्य भट्टराईले जानकारी दिनुभयो ।

यसअघि नेपालमा भएको इपिजी बैठकमा भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि तयार रहेको जानकारी दिँदै नेपालले के कस्तो संशोधन चाहेको हो प्रस्ताव ल्याउन आग्रह गरेको थियो ।

इपिजी गठन भएको झन्डै चार महिनापछि यसको पहिलो बैठक गत असारमा काठमाडौँमा बसेको थियो ।

इपिजीमा भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा हुनुहन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts