पोखरा १७ असोज । काठमाण्डौबाट बुर्तिबाङ जादै गरेको वस पोखराको याम्दी पुल नजिक हुदा दुइ जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट बाग्लुङको बुर्तिबाङको लागी हिडेको ढोरपाटन यातायात ब्यवशायी समितीद्धारा सञ्चालित ग १ ख ६१६९ नम्बरकोबस पोखराको याम्दी पुल नजिक आज बिहान ५ : ३० वजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि गुल्मी नेटा गाबिस दुईका ४५ वर्षिय मनुमया अर्याल र उनका नाती दुइ वर्ष ६ महिनाका अजित अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यात्रुबाहक वसमा सवार अन्य २३ जना घाइते भएका छन । घाइतेको अहिले पोखराको मनिपालमा उपचार भइरहेको छ । संगैको बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परि गुल्मी नेटा दुइका सरस्वती अर्याल, जीवन अर्याल र नारायण अर्याल अन्य स्थानका स्मृति बुढा मगर, घलेन्द्र बुढा मगर, चन्द्रकला थापा, मिना बिक, भिम माया घर्ति मगर, लेख बहादुर कामी, बाल कुमारी घर्ती मगर , तेजेन्द्र सुनार, सृष्टी पुन, आसा पुन ,देबी घर्ती मगर ,शिला घर्ती मगर , बिश्वास घर्ती मगर घाइते भएका छन ।
Sunday, October 2, 2016
पोखराको याम्दीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment