Wednesday, October 5, 2016

तेह्र अर्ब एकाउन्न करोड ऋृण लगानी

पोखरा, १९ असोज । राष्ट्रिय वाणिज्य बैंक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाले गत आवको अन्त्यसम्ममा रु १३ अर्ब ५१ करोड २६ लाख २५ हजार ऋण लगानी गरेका छन् ।

ती शाखाले सो अवधिमा रु ८८ करोड ९७ लाख २० हजार नाफा गरेको कार्यालयका उपप्रबन्धक हितकाजी गुरुङले जानकारी दिनुभयो । पोखराको अमरसिंह चोकमा रहेको बैंकको शाखाले सबैभन्दा बढी रु १३ करोड ६ लाख ५७ हजार नाफा गरेको छ । यस क्षेत्रमा रहेका ३३ शाखामध्ये सातवटा शाखा घाटामा छन भने अन्यले नाफा कमाएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts