Wednesday, October 5, 2016

नयाँ नोटका लागि बैंकमा सर्वसाधारणको भीड

पोखरा, १९ असोज । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा दसैंका लागि नयाँ नोट साट्न आउने सर्वसाधारणको अत्याधिक भीड लागेको छ ।

नयाँ नोट साट्न असोज ९ गतेदेखि पोखराको राष्ट्र बैंक चोकस्थित कार्यालय परिसरबाट दुईवटा काउन्टरसहित सेवा सुरु गरिएको थियो । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक चिरञ्जीवी चापागाइँका अनुसार पोखराबाट दैनिक रु तीन करोडका दरले खुद्रा रकम वितरण गरिँदै आएको छ ।

सटही काउन्टर खुलेयता नयाँ नोट साट्न दैनिक बिहान ८ बजेबाट साँझ ५ बजेसम्म सर्वसाधारण लामवद्ध हुने गरेका छन् । पोखरा क्षेत्रमा रहेका ६१ वाणिज्य बैंक तथा ८९ विकास बैंकमार्फत सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउन थालिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts