Monday, October 24, 2016

काँग्रेसलाई गुमराहमा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो : कोइराला

गुल्मी, ८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन गुल्मीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — काँग्रेसलाई गुम्राहामा राखेर नेकपा (एमाले) र माओवादी (केन्द्र) ले हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको छ ।

नेता कोइरालाले महाअभियोग जस्तो संवेदनशील विषयमा काँगेसले कुनै लहडको भरमा निर्णय नगर्ने बताउँदै त्यसका लागि पार्टीमा छलफल गरेरमात्र निर्णय लिने बताउनुभयो ।

मुलुक वाहिरका शक्तिहरु संविधान निष्क्रय बनाउनका लागि देशलाई अस्थिर बनाएर राख्न खोजेको आरोप लगाउँदै उहाँले भन्नुभयो — मुलुकलाई अस्थिरताबाट बचाउनका लागि स्थानीय तहको निर्वाचन गराउनु अनिवार्य छ ।

नेता कोइरालाले “देश अत्यन्तै अप्ठ्यारो मोडमा छ, संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन जसरी पनि गर्नुपर्छ”, भन्दै “यदि स्थानीय तहको निर्वाचन सम्भव नभएको खण्डमा अन्तिम विकल्प भनेको प्रतिनिधिसभाको निर्वाचन गरेर भए पनि संविधानलाई बचाएर राख्नुपर्छ बताउनुभयो ।”

संविधान संशोधनका विषयमा एमालेलाई सहमतिमा ल्याउनुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि काँगेस, एमाले र माओवादीबीच एकता र सहकार्य हुनै पर्छ भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts