Thursday, October 6, 2016

ट्र्याक्टर दुर्घटनामा मृत्यु

गाईघाट (उदयपुर), २० असोज । गाईघाट–दिक्तेल सडकखण्डको खाँबु–२ छामलिङमा आज अपराह्न ट्र्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका–२ बस्ने ५२ वर्षीय तेजबहादुर गजमेरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालक त्रियुगा –७ बस्ने १७ वर्षीय दीपेन्द्र चौधरी र अर्का एक जनाको भने अवस्था गम्भीर छ । गाईघाट बजारबाट पसलका विभिन्न खुद्रा सामान लिएर आँपटारस्थित रसुवा बजार जाँदै गरेको स१त ४०६७ नंको उक्त ट्र्याक्टर खाँबुको छामलिङमा अनियन्त्रित भई सडकबाट ३०० मि तल खसेको जिप्रकाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts