Wednesday, October 19, 2016

संविधान संशोधनको एजेन्डामा सरकार प्रष्ट छैन : कँडेल

सल्यान, ३ कात्तिक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य यमलाल कँडेलले सरकारले अघि बढाएको संविधान संशोधनको कुरा प्रष्ट नभएको बताउनुभएको छ । ।

प्रेस चौतारी नेपाल सल्यान शाखाले आज खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले खास एजेन्डाबिना नै संविधान संशोधनको कुरा गरेर सरकारको आयु लम्ब्याउन खोजेको आरोप लगाउँदै संविधान निर्माण गर्ने एक पक्षलाई पाखा लगाउने र संविधान जलाउनेलाई काखीच्यापेर अगाडि बढनु उचित होइन भन्नुभयो ।
संविधान निर्माणको बेला तीन दलले जुन सहमति गरेका छन् त्यो सहमति भन्दा बाहिर गएर संविधान संशोधन हुन सक्दैन तर सरकारले बिना एजेन्डा संविधान संशोधनको कुरा गरेर संविधान कार्यन्वयनमा विवादास्पद कार्य गरिरहेको नेता कँडेलले बताउनुभयोे ।

सरकारले आफनो आयु लम्ब्याउनका लागि मात्र मधेसी दललाई माग पूरा गर्छु भनेर अलमल्याएको छ तर मधेसीका सबै माग सरकारले पूरा गर्नसक्ने अवस्था नभएको नेता कँडेलले उल्लेख गर्नुभयो रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts