Monday, October 3, 2016

मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने कारबाहीमा

ललितपुर, १७ असोज । जिल्लाका विभिन्न स्थानबाट मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने १९ जनालाई ट्राफिक प्रहरीले यो आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म कारबाही गरेको छ ।

सार्वजनिक यातायातमा छड्के जाँच गर्दा चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाएको पाइएको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख सीताराम हाछेंथुले बताउनुभयो । उहाँले भन्नुभयो – “चालकले मादकपदार्थ खाएर सार्वजनिक सवारी चलाउँदा आफ्नो मात्रै नभई अन्य यात्रुको समेत ज्यान जोखिममा पर्दछ ।”

मदिरा सेवन गरेर सार्वजनिक वा निजी सवारी चलाउँदा चालकलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही हुन्छ भने ट्राफिक प्रहरीले चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पार्दै आएको छ ।

सार्वजनिक मुद्दामा भने चालकले जेल सजायसम्मको व्यवस्था छ । निजी सवारीमा चालकलाई रु एक हजारसम्म जरिवाना र सचेतना कक्षा लिनुपर्ने नियम छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts