Monday, October 3, 2016

सरकारलाई खबरदारी गर्नेछौँ : महासचिव पोखरेल

काठमाडौँ, १७ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन खबरदारी गर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)का पोखरेलले विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायत पर्वका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी सरकारमा रहँदा गरेको निर्णय कार्यान्वयन गराउन देशव्यापी रुपमा खबरदारी गराउने बताउनुभयो ।

सरकारमा नहुँदा पनि पार्टीको मिसन नबदलिएको उल्लेख गर्दै उहाँले थप्नुभयो –“संविधान कार्यान्यवन गर्ने, राष्ट्रिय स्वाभिमानले उठेको शिर झुक्न नदिने, छिमेकीहरुसितको शताब्दीदेखिको असन्तुलित सम्बन्ध सन्तुलित बनाउने, परनिर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्ने मिसन अहिले पनि कायम छ ।”

उहाँले चाडपर्वका अवसरमा पनि पार्टीका विचारका पक्षमा छलफल गर्ने उल्लेख गर्दै चाडपर्वहरु कुनै एक जाति, धर्म सम्प्रदाय, क्षेत्रबीच मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा पुर्खाले निर्माण गरेका सम्पत्तिको रक्षा गर्नु सबैको कर्तव्य भएको धारणा राख्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts