Sunday, October 2, 2016

‘नेपाली क्रिकेट प्रगतिउन्मुख’ – जडेजा

काठमाडौँ, १६ असोज । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताउनुभएको छ ।

‘जोहरा स्पोटर््स म्यानेजमेन्ट’को आयोजनामा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको स्मरण गर्दै भन्नुभयो, “उनीहरु (नेपाली क्रिकेट टोली)ले गरेको त्यो ठूलो उपलब्धि हो र यसले नेपाली क्रिकेट अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखाउँछ ।”

कीर्तिपुर क्रिकेट मैदानको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “नेपालमा यति राम्रो प्राकृतिक मैदान रहेछ, त्यसैले कृत्रिम रङ्गशाला बनाउन हतारो नगर्दा हुन्छ ।” जडेजाले क्रिकेट रङ्गशालामा मन डुलाउनुभन्दा गुणस्तरीय ब्याट, बललगायत क्रिकेट सामग्री जोड्नमा ध्यान दिन नेपाली क्रिकेटकर्मीलाई आग्रह गर्नुभयो ।

पूर्वकप्तान जडेजा यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार हुने फाइनल खेलका लागि प्रमुख आतिथ्य ग्रहण गर्न शनिबार काठमाडौँ आउनुभएको हो । उहाँले शनिबार नै कीर्तिपुर क्रिकेट मैदानको भ्रमण गर्नुभएको थियो ।

प्रतियोगिताको फाइनलमा सोमबार राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली कलर्स एक्स फ्याक्टर्स र नेपाली क्रिकेट टोलीका व्याट्सम्यान शरद भेषावकरको पञ्चकन्या तेजबीच उपाधिका लागि भिडन्त हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts