Monday, October 17, 2016

माइक्रोबसको ठक्करबाट बालकको मृत्यु

झापा, २ कात्तिक । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी सडकखण्डको दुधेमा सोमबार माइक्रो बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–६ निवासी श्रीप्रसाद पौडेलका छोरा रोज पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ७८७० नम्बरको माइक्रो बसले सडक किनारमा हिँड्दै गरेका उनलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते बनेका पौडेलको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts