Monday, October 17, 2016

बसाइँसराइले सिरुबारी होमस्टे प्रभावित

वालिङ, २ कात्तिक । स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ । क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा हाल १७ वटा घरमामात्रै घरबासको व्यवस्था रहेको पर्यटन विकास समिति सिरुबारीका सदस्य संयोजक जुम गुरुङले बताउनुभयो ।

“सुरुको अवस्थामा ३९ वटा घरमा १५० जना अतिथि राख्न मिल्ने होमस्टेको व्यवस्था मिलाएका थियौँ” सदस्य संयोजक गुरुङले भन्नुभयो, “अहिले २२ वटा घरका भूतपूर्व ब्रिटिस आर्मीलाई बेलायतले आवासीय सुविधा दिएका कारण जानुभया,े जसले गर्दा हाल १७ घरमा ६० जनालाई होमस्टेको व्यवस्था रहेको छ ।”
विदेश गएर खाली भएका घरमा पाहुना राख्न मिलेपनि खाना खाने व्यवस्था नरहेकाले अर्को घरमा खाना खाएर खाली घरमा बास बस्नु त्यो होमस्टे नभएर होटल हुने भएकाले १५० जनाकै क्षमता भएपनि ६० जनासम्मलाई खाना तथा बास बस्ने व्यवस्था मिलाएको समितिले जनाएको छ ।

स्थानीय वेषभूषा झल्कने पोसाक तथा बाजागाजासहित फूलमालाले पाहुनालाई स्वागत गर्ने चलन रहेको छ” सदस्य संयोजक गुरुङले भन्नुभयो, “यहाँ आउने पाहुनाले अतिथि सत्कार गर्ने तरिकालाई निक्कै नै मन पराउने गरेको बताउँछन् ।”

सकेसम्म स्थानीय परिकारलाई प्राथमिकता दिने र केही सामान बजारबाट ल्याइए तापनि स्थानीय तरिकाले बनाइने गरेको छ । आन्तरिक पर्यटक दुई हजार ८०० र बाह्य पर्यटक ५०० गरी वार्षिक झन्डै तीन हजार ३०० पर्यटक आउने गरेको समितिले बताएको छ ।

“आन्तरिक पर्यटक कम्तीमा एक रात र बाह्य पर्यटक कम्तीमा दुई रातको प्याकेज बनाएर आउने गरेका छन्” सदस्य संयोजक गुरुङले भन्नुभयो, “सिरुबारीमा आएर बास नबसीकन फर्किनेलाई भने हामीले पर्यटकका रुपमा उल्लेख गर्दैनौँ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts