Wednesday, October 19, 2016

हत्याका अभियुक्त बाबुछोरा सार्वजनिक

अर्घाखाँची, ३ कात्तिक । यस जिल्लाको धनचौर गाविस–५ की कल्पना भुसालको हत्या आरोपमा पक्राउ परेको दुईजनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आज सार्वजनिक गरेको छ ।

पक्राउ परेका धनचौर गाविस–५ का गणेश भुसाल तथा गणेशका बाबु खेमराज भुसाललाई आज यहाँ आयोजित पत्रकारसम्मेलनमा सार्वजनिक गरिएको हो ।

प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असोज १८ गते बेलुकादेखि हराएकी कल्पनाको हत्या गरेको अभियोगमा गणेश र खेमराजलाई अनुसन्धानका लागि हिरासतमा लिइएको र अहिले अनुसन्धान भइरहेको बताउनुभयो ।

अनुसन्धानका क्रममा गणेशले कल्पनाको हत्या गरी झिम्रुक नदीमा फालेको प्रहरी समक्ष स्वीकार गरेको प्रनाउ पौडेलले बताउनुभयो ।

धनचौर–५ की २४ वर्षीया कल्पना असोज १८ गते देउरालीस्थित रुद्र किरना पसलबाट दशैंका लागि सामान लिइ घरतर्फ आउँदै गर्दा बाटोबाटै हराएकी थिइन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts