Wednesday, October 19, 2016

गीतकार योगेन्द्रमणि पक्राउ

काठमाडौँ, ३ कात्तिक । गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गीतकार दाहाल विसं २०४६ देखि अमलेखगन्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतका रुपमा कार्यरत थिए । त्यहाँ रहँदा रकम हिनामिना भएको सूचना पाएपछि कम्पनीले उनीमाथि छानबिन अघि बढाएको थियो र दसैँअघि प्रहरीमा उजुरी गरेको थियो ।

गीतकार दाहाल दुईपटक गीतकार सङ्घको अध्यक्ष भइसकेका छन् । उनका ‘अक्षर’, ‘प्लेयर’, ‘स्मृति’, ‘यात्रा’, ‘यात्रा–२’, लगायत गीतिसङ्ग्रह प्रकाशित भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts