काठमाडौँ, १६ असोज । नेपाल वातावरण पत्रकार समूहको आज भएको ३१ औँ साधारण सभाले अर्जुन ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समूहको उपाध्यक्षमा सुबोध गौतम, महासचिवमा रमेशप्रसाद भुसाल, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा जितेन्द्र राउत, सविन शर्मा, शारदा रिजाल, कल्पना भण्डारी, भूमिरमण नेपाल र सूर्यमान शाक्य निर्वाचित हुनुभएको छ ।
साधरणसभाका क्रममा समूहका तर्फबाट स्थापित रु २५ हजार राशिको ‘वातावरण पत्रकारिता पुरस्कार’ कपिलवस्तुका पत्रकार मनोज पौडेललाई प्रदान गरियो । सभाले समूहका महासचिव निमेश रेग्मीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सोमनाथ लामिछानेले प्रस्तुत गर्नुभएका प्रतिवेदनहरु पारित गरेको थियो । रासस
––––––––
No comments:
Post a Comment