Sunday, October 2, 2016

‘ठूला सवारी साधन चलाउन रूट परमिट दिएको छैन’

काठमाडौँ, १६ असोज । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पार्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा मन्त्री लेखकले १८ सिट क्षमता भएका माइक्रो चल्ने बिपी राजमार्गमा सरकारले ठूला सवारीलाई समेत रूट परमिट दिएको भन्ने आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको बताउनुभयो ।

“नेपालीको महान् चाड दसैँ, तिहारलाई लक्षित गरी कुनै पनि यात्रुले सास्ती खेप्नु नपरोस् भनेर दैनिक चलिरहने भन्दा बढी गाडी थप्ने र थप व्यवस्थित गर्ने काम गरिएको छ”– उहाँले भन्नुभयो । यात्रुको सुविधाका लागि आवश्यक परे सरकारले अन्य विकल्पसमेत अघि सार्ने मन्त्री लेखकको भनाइ छ ।

मन्त्री लेखकले संविधानलाई सर्वमान्य बनाउँदै संशोधन प्रक्रियाबारे दलबीच आन्तरिक गृहकार्य भइरहेको र सहमतिका आधारमा छिट्टै संशोधन प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts