Sunday, October 2, 2016

‘दलितः थर गोत्र भ्रम र यथार्थ’ माथि विमर्श

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)का नेता एवम् साहित्यकार विश्वभक्त दुलाल ‘आहुती’द्वारा लिखित ‘दलितः थर गोत्र भ्रम र यथार्थ’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

समता फाउन्डेसनले प्रकाशन गरेको समता नीतिपत्र ९, (२०७३) नामक सो पुस्तकमा दलित समुदायको थर, गोत्रबारे भ्रम र यथार्थ, गोत्र, जात, थर, नेपालका दलितको थर, दलितले जात वा थर ढाँटेको भन्ने प्रसङ्गलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

पुस्तकलाई दलित आन्दोलनका अगुवा पदम सुन्दास र अधिकारकर्मी अर्जुन विश्वकर्माले सम्पादन गर्नुभएको हो ।

सोही अवसरमा लेखक आहुतीले दलित समुदायभित्रको विभिन्न थर र गोत्रमा देखिएको भ्रम चिर्नका लागि पनि यो पुुस्तक प्रकाशन गरिएको हो बताउनुभयो ।

दलित आन्दोलनका अगुवा सुन्दासले जात व्यवस्थाले सिर्जना गरेको दलित समस्या विकराल भएका कारण पनि त्यसबाट उन्मुक्ति पाउन लामो सङ्घर्ष र धैर्यताको आवश्यकता औँल्याउनुभयो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts