Friday, October 14, 2016

माओवादी केन्द्रको राष्ट्रिय भेला मङ्सिरमा

काठमाडौँ, २८ असोज । नेकपा (माओवादी केन्द्र) को बैठकले महाधिवेशन आयोजक समितिको राष्ट्रिय भेला आगामी मङ्सिर १ गते गर्ने निर्णय गरेको छ ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज सम्पन्न केन्द्रीय कार्यालयको बैठकले यही कात्तिक १० र ११ गते गर्ने भनिएको उक्त भेला मङ्सिरमा सार्ने निर्णय गरेको हो । मधेसकेन्द्रित राजनीतिक दल तथा जनजातिसँग सहमतिका लागि सार्थक वार्ता गर्न समय आवश्यक भएकाले राष्ट्रिय भेला सार्नुपरेको केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । उहाँले छठ पर्व पूर्व नै ती दलहरुसँग सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार शनिबारदेखि प्रधानमन्त्री दाहालले भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिने र सो अवसरमा हुने द्विपक्षीय तथा बहुपक्षीय वार्ताका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले सम्मेलनका अवसरमा चिनियाँ राष्ट्रपति सि जीन पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल श्रीसेनासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts