Friday, October 14, 2016

कुशवाहा समाजकोे राष्ट्रिय एकता महाधिवेशन सुरु

महोत्तरी, २८ असोज । नेपाल कुशवाहा कल्याण समाजकोे छैटौँ राष्ट्रिय एकता महाधिवेशन एवम् रजत महोत्सव धनुषाको ढल्केबरमा सुरु भएको छ ।

समाजका वर्तमान अध्यक्ष कृपाराम मेहताको अध्यक्षता तथा सांसद शत्रुधन महतोको प्रमुख आतिथ्यमा महाधिवेशन तथा रजत जयन्ती महोत्सव सुरु भएको छ ।

आज र शनिबारसम्म चल्ने महाधिवेशनमा समाजका १३ जिल्लाका प्रतिनिधि एवम् कुशवंशी सहभागी भएको महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ । महाधिवेशनले ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने समाजका केन्द्रीय अध्यक्ष मेहताले जानकारी दिनुभयो । हाल २५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेकाले विधान संशोधन गरी ५१ सदस्यीय बनाउन लागिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts