Sunday, October 16, 2016

दार्चुलामा भूकम्पको धक्का

बैतडी, १ कात्तिक । दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले
भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए नभएको जानकारी लिइरहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts