Sunday, October 16, 2016

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन, १ कात्तिक । चितवनको भरतपुरस्थित आँपटारीमा ट्रकको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ ।

नारायणगढबाट मुग्लिन जाँदै गरेको बा ३ ख ११०१ नम्बरको ट्रकले आँपटारीमा बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

गएराति भएको सो दुर्घटनामा परी गोरखा पुथ्वीनारायण नगरपालिका–९ घर भई चितवन बस्दै आएका साइकल यात्री रामकुमार नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा गम्भीर भएका नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ । उनी पनि सवारी चालक नै रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रकका चालक सम्पर्कमा नआएको र खोजी जारी रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts